होण्डाको कार किन्नुस्, १० लाखसम्म जित्नुस्

  २०७७ असोज २१ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले “फेस्टिभ बोनान्जा” स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी उक्त स्किम ल्याएको हो ।

यस योजना अन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् ।

यस योजना अविधि भर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख कि.मि.को वारेण्टी साथै ५ वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकहरुको लागि न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सक्नेछन् ।

साथै, स्किम अवधिभर गाडि खरिद गर्ने ग्राहक मध्ये बाट गोलाप्रथा छनौट गरी १ जनालाई १० लाख रुपैयाँ नगद उपहार दिइने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.