तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार   

  २०७७ असोज २० गते २१:२९     विकासन्युज

स्टकहोम -खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत यस वर्ष सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

नोबेल एसेम्ब्लिका अनुसार रोयल स्वेडिस एकेडेमीले वैज्ञानिकहरु रोजर पेनरोज, राइनहार्ड गेन्जेल र एन्ड्रिया घेजलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

अन्तरिक्ष विज्ञानमा ब्लाकहोलको रहस्यबारे अनुसन्धान गर्नु भएका तीनै वैज्ञानिकले ब्लाकहोलको गुरुत्वाकर्षणका कारण प्रकाश समेत छिर्न नसक्ने दाबी गर्नु भएको छ । ब्लाकहोलको यस क्षेत्रमा पदार्थ आफैंमा विलुप्त हुन्छ ।

पुरस्कृत व्यक्तित्वमध्ये गेन्जेल जर्मनीका हुन्  भने घेज अमेरिकी हुन् । अर्का पुरस्कृत वैज्ञानिक पेनरोज बेलायती नागरिक हुन् । उनीहरु तीनै जना खगोल र भौतिक विज्ञानका क्षेत्रमा प्राध्यापक हुनुका साथै विभिन्न विश्वविद्यालयमा अद्यापी अनुसन्धान र प्राध्यापनमा संलग्न रहेका छन् ।
करिब १ करोड स्वेडिस क्रोनरको यो पुरस्कारको रकममध्ये आधा रोजर पेनरोज र बाँकी आधा अन्य दुई बैज्ञानिकलाई आधा–आधा प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.