हिरोको नयाँ मोटरसाइकल बजारमा, मूल्य २ लाख २० हजार

  २०७७ असोज २० गते २१:०२     विकासन्युज

काठमाडौं । विश्वकै मोटर साइकल र स्कूटरको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले हिरो ग्ल्यामरलाई नयाँ अवतारमा पेश गरेको छ । अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु–उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको हो । यसको बजार मूल्य रु.२ लाख २० हजार तोकिएको छ । नयाँ मोटरसाइकल नेपालभर सबै प्रमुख शहरहरुमा रहेको हिरो डिलरसिपबाट असोज २३ गतेबाट बिक्रीको हुने आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङस्ल जनाएको छ ।

विश्वसनीयकार्य क्षमता एवं अद्भूत सवारी अनुभवसँगै स्टाइलिस नयाँ विशेषताहरुको संयोजनले भरपुर यो नयाँ ग्ल्यामरमा आइबिएस (एकीकृत ब्रेकिङ्ग प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको छ । आइबिएसको सुरक्षाले गर्दा चालकलाई समग्र भूभागहरुमा आराम र वास्तविक सडकको उपस्थितिका साथ दिनभर बाधा अड्चनहरु पर गर्न मद्दत पुग्नेछ ।

यसको स्टाइल उपलब्धि र चमत्कारी स्वरुपमा थप गरिएका अन्य विशेषताहरु मा थ्री डि ब्राण्डिङ्ग प्रतिरुप, नवीनतम धर्काहरु, स्प्लिट रियर ग्रिप,हगर फेण्डर र रिम टेपहरुका साथाथै युएसबि चार्जर पनि रहेका छन् ।

नेपालमा हाल उपलब्ध भैरहेका हिरोका उत्पादनहरुमा एक्सपल्स २००, एक्सपल्स २००टि, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरु र डेस्टिनि, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कूटरहरु रहको छ ।

हिरो मोटोकर्पले नेपालमा सन् २०१० देखि नेपाल जनरल मार्केटिङ्ग लिमिटेड (एनजिएम) संग मिलेर आफ्नो उत्पादनको बिक्री प्रारम्भ गरेको हो र एनजिएम हिरो मोटाकेर्पको नेपालको लागि एक मात्र आधिकारिक वितरक हो । हिरोले आफ्ना ग्राहकहरुलाई नेपालमा रहेका २५० सम्पर्क स्थलहरु लगायत ७२ डिलरसिप, ८२ सर्भिस केन्द्रहरु र १०० भन्दा धेरै स्पेयर पार्ट बिक्री केन्द्रहरुको वृहत् सञ्जालमार्फत् गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

नयाँ हिरो ग्ल्यामरको विशेषता

स्टाइल र कार्य क्षमताको समिश्रण भएको ग्ल्यामर बिएस–आइभि जडित १२५ सिसि इन्जिनले चल्दछ, जुन इन्जिन ७५०० आरपिएममा ११.१ बिएचपिको शक्तिशाली परिणाम र ६५०० आरपिएममा ११ एनएमको टर्कयुक्त छ । हिरोको क्रान्तिकारी आइथ्रीएस (आइडल स्टार्ट–अप सिस्टम) प्रविधिले शहरी क्षेत्रको रोक्ने–जाने ट्राफिक अवस्थामा सुविधा प्रदान गर्नुका साथै इन्धन खपतमा पनि बचत गरिदिन्छ ।

यसको बेजोड र प्रिमियम थ्री डि प्रतिरुप डिजाइनले यसलाई साहसिक स्टाइलको बनाइदिएको छ भनें यसको अँग्रेजी भि आकारको हेडलाइट, जुम्ल्याहा पाइलट बत्तीहरु, आफ्नै किसिमको एलइडि लाइट निर्देशित पुच्छ«े बत्ती र अंग्रेजी वाइ जनाउने स्टाइलिस काँस्यपाङ्ग्राहरु मोटरसाइकलको समकालीन स्वरुपमा थपिएका छन् । बढाइएको ट्याँकको सुन्दरता, नयाँ फेण्डर हगर र राँभो आकार दिइएको पृष्ठ भागको बस्ने स्थानले बाइकको साहसिक अवस्था एवं उत्कृष्टतालाई विस्तार गरिदिएको छ ।

प्रभावकारी कार्य क्षमता र अतुल्य डिजाइनका अलावा यो मोटरसाइकलमा सुविधा र उपयोगीता विशेषताहरु पनि भरपुर रहेका छन् । जस्तैः आइथ्रीएस संकेतसहितको एनलग डिजिटल स्पीडमिटर, डिजिटल इन्धनगेज, नयाँ सीट टेक्स्चर, र ट्युबरहित टायरहरु यसको विशेषता हुन् । नयाँ आइबिएस विशेषताले बाइकचालकलाई कुनै पनि अवस्थामा बाइकहाँक्दा जब पछाडीको ब्रेक लगाइन्छ तब अगाडी र पछाडी दुवै ब्रेक लाग्ने गरिएको ब्रेक वितरण प्रणालीले थप सुरक्षा प्रदान गर्दछ । यो नयाँ ग्ल्यामरमा सजिलै उकालो चढ्न सक्ने क्षमता पनि रहेको छ ।

नयाँ ग्ल्यामर सेल्फ–स्टार्ट, डिस्क ब्रेकहरु, कांस्य पाङ्ग्राहरु, र क्याण्डी ब्लेजिङ रातो, टेक्नो ब्लु मेटालिक र कालो रङ्गहरुको दोहोरो रङ्गको बडी ग्राफिक्सका साथ उपलब्ध नयाँ ग्ल्यामरले आकाँक्षी युवाको लागि स्टाइल अझ बढाइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.