जिओ फोर्डले ल्यायो ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना

  २०७७ असोज २० गते १७:३२     विकासन्युज

काठमाडौं । जी.ओ. अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ । फोर्ड इकोस्पोर्टको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सी सी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो ।

यसै शक्तिलाई प्रमाण्ति गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको छ । ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछ र फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्छ । यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकम भन्दा दोब्बर रकम फिर्ता पाउनेछ ।

सन २०२० मा बनेको ईकोस्पोर्ट भरत स्टेज भीआई(बीएस भीआई) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई भीसीटी पेट्रोल ईन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लि. टीडीसीआई डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । यस ईकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै, यो सन रुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.