एनआईसी एशियाका कार्ड प्रयोगकर्ताले सुजुकीकाे दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट पाउने

  २०७७ असोज १८ गते १७:०३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा ३ हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट पाउने भएका हुन् ।

यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू तथा भिजि अटोमोबाईल्सको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.