मिलाप फाउण्डेसनद्वारा काभ्रेकाे १४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  २०७७ असोज १७ गते १४:२५     विकासन्युज

काठमाडौं । मिलाप फाउण्डेसनले स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

उक्त शैक्षिक सामाग्री वितरणका लागि लाइन्स क्लव अफ काठमाडौं सिञ्चितले सहकार्य गरेको थियो । फाउण्डेशन स्कुलका १४० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, सावुन, माक्सलगायतका सामाग्री वितरण गरेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.