बालाजुका सिटौलाले जिते टिभिएस अपाचे आरआर ३१०

  २०७७ असोज १६ गते १४:११     विकासन्युज


काठमाडौं । ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत बालाजु निवासी अमृत जंग सिटौलाले टिभिएस अपाचे आरआर ३१० जितेका छन् । ‘टिभिएस दशैँको आशा’ स्कीम अन्तर्गत उनी गोलाप्रथाबाट पहिलो हप्ताको विजेता बन्न सफल भएका हुन् ।

उनले टिभिएसको नक्साल शोरुमबाट उक्त बाइक जितेका हुन् ।

कम्पनीका अनुसार यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार रुपैयाँ र स्कूटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् । त्यस्तै, ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.