होरासिस फोरममा दक्षिण एसियाका सम्भावना विषयमा छलफल

  २०७७ असोज १६ गते ११:४६     विकासन्युज

काठमाडाैं । विश्वमै प्रतिष्ठित मानिने प्रबुद्ध संगठन ‘होरासिस’ले बिहीबार ‘दक्षिण एसियाका सम्भावना’ विषयमा वेबिनार छलफलको आयोजना गर्यो । विभिन्न दक्षिण एसियाली मुलुकका मन्त्रीहरू सहभागी छलफलको सहजीकरण सीजी कर्प ग्लोबलका अध्यक्ष तथा संघीय संसदका सदस्य विनोद चौधरीले गरेका थिए ।

‘होरासिस एक्स्ट्राअर्डिनरी मिटिङ-२०२०’ अन्तर्गत आयोजित यो छलफलमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, बंगलादेशका विदेश राज्यमन्त्री शरियार आलम र माल्दिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिद सहभागी थिए ।

दक्षिण एसियामा कोभिड-१९ सँगै भूराजनीतिक अस्थिरताले निम्त्याएका समस्यामा केन्द्रित हुँदै छलफलले पारस्परिक एकता र विकासका लागि आह्वान गर्यो । यसमा सार्क जस्तो संगठनको भूमिकामा सबै वक्ताले विशेष जोड दिए । विश्वभर फैलिएको कोभिड-१९ को असरलाई न्यूनीकरण गर्न सामूहिक प्रयासको विकल्प नरहेको औंल्याउँदै वक्ताहरूले परिवर्तित विश्व व्यवस्थामा दक्षिण एसियाले प्रभावकारी भूमिका निभाउन सक्ने हो भने यो क्षेत्रका मूल्य-मान्यता विश्वभर स्थापित हुने बताए । उनीहरूले सार्क मुलुकहरूबीचको सम्बन्ध मजबुत रहेको र पारस्परिक हितका लागि सबैले उत्तिकै भूमिका निभाइरहेको पनि उल्लेख गरे ।

‘होरासिस एक्स्ट्राअर्डिनरी मिटिङ-२०२०’ मा ७० मुलुकका ८ सयभन्दा बढी नेता, सरकार प्रमुख, राज्य प्रमुख, मन्त्री, व्यावसायिक व्यक्तित्वलगायत सहभागी थिए । छलफल सत्रहरू कोभिड-१९ का कारण उत्पन्न आर्थिक, राजनीतिक, सामाजिक समस्या न्यूनीकरणका विषयमा केन्द्रित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.