सरकारको मुख्य सचिवमा वैरागी, आजै पदभार ग्रहण

  २०७७ असोज १५ गते १९:०६     विकासन्युज

काठमाडाैं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

सरकारले आज नै लोकदर्शन रेग्मीले दिएका राजीनामा स्वीकृत गरेको छ । त्यस लगत्तै पराराष्ट्र मन्त्रालयमा सचिव रहेका वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव वैरागीले आजै पदभार ग्रहण गरेका छन् ।

मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि आज नै उनको बिदाई गरिएको छ ।

सरकारले रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस समेत गरेको छ । उनको तीन वर्षे कार्यकाल आगामी कार्तिक ३ पुरा हुँदै थियो । तर अनिवार्य अवकाश पाउनु अगाडी नै रेग्मीले राजीनामा दिएका हुन् । रेग्मी २०७४ साल कार्तिक ६ गते नेपाल सरकारको २४ औं मुख्य सचिवमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.