डिशहोमको आइपीएल २०२० लिगकाे अभियान सुरु

  २०७७ असोज १४ गते २१:०६     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्कद्धारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिशहोमले क्रीकेटमा हुन गइ रहेको महा-उत्सवकालागी आफ्नो डिजिटल अभियान अनावरण गरेको छ । यस योजनाको कार्यान्वयन डिशहोमद्धारा आइपीएल क्रीकेट लिग २०२० को लागी सुचिकृत गरिएको एजेन्सी मार्स प्रालिले गरेको छ।

कोभिड १९ को माहामारिका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी अथवा इन्टरनेट हुन गएको छ ।

आइपीएल ट्वाइन्टी ट्वाइन्टीको क्रिकेट लिग २०२० उचाइमा पुगीरहेको अवस्थामा, डिशहोम देश भित्र रहेका लाखौ क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो फ्लोअर बेस बढाउन सकिने अवसर को रुपमा अघी बढेको छ । यस अभियानलाई डिशहोम २०२० को मज्जा भनेर नामकारण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिशहोमले सम्पूर्ण दशकहरुको डिजिटल सक्रीयताकालागी #डीएच२०२० को मज्जा जारी गरेको छ ।

डिशहाेम को उदेश्य भनेको यस माहामारीको समयमा आफ्ना दर्शक हरुलाई एचडीको मज्जा प्रदान गर्नु हो । यो एक प्रभावकारी अवधारणा हो र यसमा ब्राण्डले दर्शकहरु माझ लाईभ मैदानमा झै जोश र उत्साहा जगाउने प्रयास  गरेको छ ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाकी रहेको २०२० उत्साहमय र रमाइलो बनाउने हो । उत्सुक क्रीकेटका फ्यानहरुका लागी फेसबुक र युटुव र डिजिटल एक्टिभिजन गरिएको छ ।

क्रीकेटसंग सम्बन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न भिडियो र खेलका हाइलाईटहरु दिनदिनै आउनेछ्न् । प्रत्यक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झलकाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.