सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

  २०७७ असोज १४ गते १८:४६     विकासन्युज


काठमाडौं । सानिमा बैंकले चन्द्रपुरमा आफ्नो ८३ औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखा असाेज १४ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे । जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरेका छन् ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.