धितोपत्र व्यवसायीकाे जाेखिम कम गर्न बोर्डले असोज १५ गतदेखि आरबीएस म्यानुअल लागू गर्ने

  २०७७ असोज १४ गते १६:१६     विकासन्युज


काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज १५ गतदेखि ‘रिक्स बेसड सुपरभिजन (आरबीएस) म्यानुअल’ लागू गर्ने भएको छ । बजारमा सम्पत्ति शुद्धीकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न बोर्डले उक्त व्यवस्था लागू गर्न लागेकाे हाे ।

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले विकासन्युजसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

‘बोर्डले धिताेपत्र व्यवसायीहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरणहरुको जोखिम आधारित पर्यवेक्षण गर्नुपर्छ । त्यसको म्यानुअल अहिलेसम्म थिएन । जुन असोज १५ गते लागू गर्न लागेका छौं ।’, उनले भने ।

सम्पत्ति शुद्धीकरणको आधारमा सुपरिवेक्षण गरिने यसमा जुन संस्थाको जोखिम धेरै छ त्यसमा पटक पटक गएर जोखिमहरु पहिचान गर्ने, यो एउटा अन्तर्राष्ट्रिय अभ्यास हो । कुनै कम्पनीले ठूलो कारोबार गर्छ, संस्थामा केही तल माथि पर्यो भने बजारलाई नै असर पर्छ भने त्यसलाई उच्च जोखिममा राखेर पटक पटक हेरिरहनु पर्ने बोर्डले जनाएको छ ।

यस अन्तर्गत बोर्डले विभिन्न मापदण्डहरुको आधारमा लाइसेन्स दिएका धितोपत्र व्यवसायीहरु कुन कस्तो जोखिममा छन् भनेर गणना गर्छ । यसमा बोर्डले मोड्युल बनाएको छ । जसअनुसार उनीहरुको तथ्याङ्कहरु लिएर जोखिम निकाल्छ । त्यसको आधारमा बोर्डले उक्त कम्पनीहरुको सुपरिवेक्षण गर्छ, जुन उच्च जोखिममा रहेका छन् ।

ब्रोकर, मर्चेन्ट बैंक तथा बोर्डबाट अनुमति लिएका धितोपत्र व्यवसायीहरुले निर्देशनहरु बनाएका छन् वा छैनन्, आफ्नो आन्तरिक निर्देशनहरु पालना गरेका छन् वा छैनन् । यी सबैको आधारमा बोर्डले त्यो कम्पनी कुन जोखिम स्तरमा छ, भोलि बजारमा तल माथि भयो भने के हुन्छ भन्ने हिसावमा हेर्छ । र, यसकै आधारमा बोर्डले सुपरिवेक्षण गर्ने बाेर्डले जनाएकाे छ ।

रिक्स बेसड सुपरभिजन भयो भने बजारमा सम्पत्ति शुद्धिकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न सहयोग गर्ने बोर्डकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.