बुधबार ५ सयले बढ्याे सुनकाे मूल्य

  २०७७ असोज १४ गते ११:५०     विकासन्युज

काठमाडाैं । बुधबार पनि सुनकाे मूल्य बढेकाे छ । बुधबार सुनकाे मूल्य प्रतितोला ५ सयले बढेकाे हाे । मंगलबार प्रतितोला ९४ हजार २ सय रूपैयाँमा काेराेबार भएकाे सुन बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । बुधबार ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन बुधबार प्रतितोला ५ सयले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेकाे छ।

महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैयाँले बढेर ११९० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन ११७५ मा काराेबार भइरहेकाे थियाे ।

 

 

One comment on "बुधबार ५ सयले बढ्याे सुनकाे मूल्य"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.