न्युन गुणस्तर भएकाे कारण दुई ब्याचका स्यानिटाइजर बेच्न प्रतिबन्ध

  २०७७ असोज १४ गते ११:२४     विकासन्युज

काठमाडाैं । औषधि व्यवस्था विभागले न्युन गुणस्तर भएकाे कारण २ ब्याचका दुई  स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे छ ।

विभागले प्राईम फार्मस्युटिकल्सकाे ब्याच नं GSH 001 काे २०० मिलिलिटरकाे सेफ ह्यान्डस स्यानिटाइजर र हिमालयन शेर्पा हर्बसकाे ब्याच नं B.N.001 काे ह्यान्ड रब ईन्स्ट्यान्ट स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे हाे ।

विभागले बजारमा यस ब्याचका यि दुई स्यनिटाइजरलाई बिक्री वितरण नगर्ने अनुराेध गरेकाे छ । यद्यपी यही स्यानिटाइजरकाे अन्य ब्याचहरु भने किन्नबेच्न पाइनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.