रसियाले नेपाललाई २ करोड ५० लाख खोप दिने

  २०७७ असोज १३ गते १७:४१     विकासन्युज

काठमाडौं । रसियाले नेपाललाई कोभिड–१९ विरुद्ध लगाउन २ करोड ५० लाख वटा खोप उपलब्ध गराउने भएको छ । रसियाको स्वायत्त निकाय ‘रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’ले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त मात्रमा खोप उपलब्ध गराउने जनाएको हो ।

रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्डले नेपाललाई उपलब्ध गराउने ‘स्पुटनिक भी’ खोप ९० प्रतिशत नेपालीलाई लगाउन पुग्ने जनाएको छ । स्पुटनिक भीको पहिलो र दोस्रो चरणमा क्लिनिकल परीक्षण सफल भएको र यसको तेस्रो चरणको परीक्षण जारी रहेको रसियाले जनाएको छ ।

तेस्रो चरणको परीक्षणमा वृद्धवृद्धा, विभिन्न रोग लागेका र प्रतिरक्षा क्षमता कमजोर भएको व्यक्तिहरुमा उक्त खोप लगाइने छ । यस्तो परीक्षणमा गर्नको लागि ४० हजार रसियन स्वयसेवक तयारी रहेको बताइएको छ ।

तेस्रो चरणको परीक्षण सफल भएपछि उक्त खोप सर्वसाधारणमा बिक्री वितरण खुला गरिने र नेपालमा पनि पठाइन रसियाले जनाएको छ । आगामी नोभेम्बर (मंसिर मध्य) सम्म खोप नेपाल आउने छ । तेस्रो चरणको परीक्षण सफल भएपछि उक्त खोप नेपाल भित्र्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताएका छन् ।

नेपालसहित एशिया, मध्य पूर्व, ल्याटिन अमेरिका, यूरोप क्षेत्रका ५० भन्दा बढी देशले यो खोपको माग गरेको रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्डले जनाएको छ । उनीहरु मध्ये भारतलाई १० करोड, ब्राजिललाई ५ करोड, उज्वेकिस्तानलाई ३ करोड ५० लाख, मेक्सिकोलाई ३ करोड २० लाख खोप उपलब्ध गराउने सम्झौता भईसकेको छ ।

रसियाको सरकारी अनुसन्धान संस्था गमालिया नेशनल रिसर्च इन्स्टीच्यूट अफ इपिडिमिओजी एण्ड माइक्रोबायोलोजिले विकास गरेको यो खोप कोभिड विरुद्धको पहिलो खोप हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.