सूर्य नेपालद्वारा तनहुँकाे शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

  २०७७ असोज १३ गते १९:३२     विकासन्युज


काठमाडाैं । सूर्य नेपाल प्रा.लि सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हाे ।

कार्यक्रममा नगर प्रमुख किसन गुरूङ उपप्रमुख सविता रसाईली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एचआर म्यानेजर अञ्जन दुवाडी, वाणिज्य प्रमुख गौतम यादव र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख किसन गुरूङ उपप्रमुख सविता रसाईली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए । सूर्य नेपालले विगत लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.