असोज १९ गतेदेखि तातोपानी नाका खुल्ने, भयाे दुई पक्षिय सहमति

  २०७७ असोज १३ गते १८:३८     विकासन्युज


काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।

मंगलबार भएकाे उक्त सहमतिमा चिनियाँ पक्षले असोज १८ गतेसम्म तयारी पूरा गर्ने र असोज १९ गतेदेखि सामान नेपाल आइपुग्ने सहमति भएकाे प्रजिअ ढकालले बताएका छन् ।

यससँगै, असोज १९ गतेसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहने तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीले बताए । साथै, श्रमिकको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको उनले जानकारी दिए ।

तातोपानी नाका असार २४ गतेदेखि बन्द भएकाे थियाे । नेपालतर्फ पहिरो खसेका कारण उक्त नाका बन्द गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.