जनरल इन्स्योरेन्सको आईपीओमा नयाँ रेकर्ड, पाैने ७ लाख बढीले भरे सेयर

  २०७७ असोज १३ गते १८:०३     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ नयाँ रेकर्ड कायम भएको छ । कम्पनीको आईपीओमा हालसम्मकै उच्च आवेदन परेर नयाँ रेकर्ड बन्न सफल भएको हो ।

कम्पनीले सेयर निष्काशन भएको आज तेश्रो दिनसम्ममा करिब ७ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ६ लाख ८२ हजार ७ सय ७२ जना आवेदकले एक करोड ९१ लाख ९४ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीको मागभन्दा ७.०३ गुणा बढी आवेदन हो ।

कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आवेदन दिन पिन कोड अनिवार्य चाहिने भएको छ ।

आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ ।

उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।

कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.