नेपाल ल्युब आयलको नगद लाभांश घोषणा, पुँजी बढाएर ५ करोड पुर्याउने

  २०७७ असोज १३ गते १४:५३     विकासन्युज


काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । असोज १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने घोषणा गरेको हो ।

बैठकले आगामी कात्तिक ५ गते बुधबार बिहान साढे ११ बजे २९औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सो प्रयोजनको लागि कम्पनीको असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज हुने भएको छ ।

सभामा कम्पनीले हाल ३ करोड रुपैयाँ रहेको जाँरी पुँजी बढाएर ५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गरेको छ ।

उक्त सभा कात्तिक ५ गते संस्थाको कार्यालय ललितपुरको झम्सिखेलबाट भर्च्युअल माध्यम जुम एपबाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.