जापानमा निर्मित सुजुकी कार अब नेपाली बजारमा आउने, प्रि-बुकिङ खुला

  २०७७ असोज १३ गते १३:२९     विकासन्युज

काठमाडौं ।  नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ ।

हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् । एसएमसीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउनेछन् ।

यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभीमध्ये पर्छ । यसमा फोर व्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पु¥याउने कम्पनीको जनाएकाे छ । भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार हुनेछ ।

सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्नेछ र इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रि बुकिङकाे साथै विशेष अफरको व्यवस्था समेत गरेको छ । यी गाडीहरु सीजी नेक्स्ट् जेन सोरुमहरु बाट उपलब्ध हुने कम्पनिले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.