मंगलबार ९ सयले बढ्याे सुनकाे मूल्य

  २०७७ असोज १३ गते ११:५०     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य बढेकाे छ । मंगलबार सुनकाे मूल्य प्रतितोला ९ सयले बढेकाे हाे । आइतबार र साेमबार प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा काेराेबार भएकाे सुन मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । आइतबार र साेमबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन मंगलबार प्रतितोला ९ सयले बढेर ९३ हजार ७ सय रुपैयाँ पुगेकाे छ।

महासंघका अनुसार चाँदीको मूल्य २५ रुपैयाँले बढेर ११७५ रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन ११५० मा काराेबार भइरहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.