मिर्मिरे लघुवित्त र श्रृजनशील लघुवित्त मर्जरमा जाने

  २०७७ असोज १२ गते १९:५३     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् । सो प्रयोजनको लागि दुई संस्थाबीच सोमबार एक आपसमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम प्राप्ती (एक्विजिशन) गर्ने उद्देश्यले दुई संस्थाबीच उक्त सम्झौता भएको हो ।

मिर्मिरे लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलान्चोकको बनेपा बजारमा रहको छ । त्यस्तै, श्रृजनशील लघुवित्तको रजिष्टर्ड कार्यालय सिराहाको गोलबजारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.