एक सातामा वाणिज्य बैंकः २२ अर्ब रुपैयाँ संकलन, २५ अर्ब कर्जा लगानी

  २०७७ असोज १२ गते १७:५७     विकासन्युज

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले असोज पहिलो सातामा २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३५ खर्ब ३२ अर्ब पुगेको छ भने २९ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म वाणिजय बैंकहरुले ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.