राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन दिने समय थप्यो, अब कहिले सम्म दिन पाइन्छ ?

  २०७७ असोज १२ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समय थप गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै समय थप गरेको बताएको हो ।

राष्ट्र बैंकका अनुसार अब असोज मसान्तसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिनेछ । यसअघि राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गरी पहिलोपटक असोज १४ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो ।

तर भदौमा जारी निषेधाज्ञा भएपछि समयावधि थप गरिएको बताइएको छ । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गर्दै लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जा बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा उपलब्ध गराउने र बैंकहरुले व्यवसायीलाई प्रदान गर्नेगरी आवेदन माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.