नेपालभर १३५१ जना काेराेना संक्रमित थपिए, ७४२ जना निकाे भए

  २०७७ असोज १२ गते १६:२८     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या १९ हजार ६ सय २४ पुगेकाे छ ।

हाल क्वारेन्टिनमा ६ हजार ३ सय १० जना रहेका छन् भने आजसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ७४२ जना निकाे भएसँगैं हालसम्म ५४ हजार ६ सय ४० जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४८१ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.