बेनेलीले ल्यायाे दशैं तिहार अफर

  २०७७ असोज १२ गते १५:५९     विकासन्युज

काठमाडौं । बेनेलीले दशैं, तिहार र छटको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले टीएनटी १५०आई र टीएनटी१५ दुई मोडलमा विभिन्न अफर ल्याएको हो ।

ग्राहकले कम्पनीको दुई मोडल किन्दा वा एक्स्चेञ्ज गर्दा विभिन्न अफर पाउने भएका हुन् । उनीहरुले ८ हजारदेखि १५ हजारसम्मको नगद छुट पाउने छन् ।

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । यसले १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेता के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा लि हो र कम्पनीले ३एस ( सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपाल को बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गराउँदै आइरहेको छ ।

बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.