घुम्न जाँदा पर्यटक बीमा गर्न नबिर्सनुस्, गाडी बीमामा छुट हुन्छ शुल्क

  २०७७ असोज १२ गते १०:१७     नबिन पाेखरेल

काठमाडौ । विश्व ४१ औं पर्यटन दिवस भर्खरै सकिएकाे छ । सामान्यतया पर्यटन भन्ने बित्तिकै एक ठाउँबाट अर्को ठाउँमा डुल्ने, घुम्नेदेखि फिरन्तेसम्म भन्ने बुझ्ने गरिन्छ ।

यसरी घुम्न निस्केको बेलामा बिमित यात्रु घाइते भएमा वा उपचार गराउनु परेमा १ लाख अमेरिकी डलरसम्मको बीमा गर्न पाइन्छ । यस्तै, दुर्घटनामा परेर बीमित पर्यटकको मृत्यु भएको अवस्थामा २५ हजार डलरसम्मको बीमा कम्पनीले कभर गर्दै आएका छन् ।

अहिले निर्जीवन बीमा कम्पनीहरुले पर्यटन लक्षित विभिन्न बीमा योजनाहरु संचालन गरिरहेका छन् । सो बीमा योजना अनुसार पर्यटक तथा यात्रुहरुले बीमा योजना खरिद गर्न सक्छन् ।

पछिल्लो समय बीमा कम्पनीहरुले पर्यटकहरुले गर्ने प्याकेज बीमामा कोरोना बीमा समेत समावेश हुने व्यवस्था मिलाएका छन् । यसका लागि पर्यटक बिमितले बीमा शूल्क भने केही बढी बुझाउनु पर्छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुुसार यात्रामा जोखिम हुने भएकाले ट्राभल इन्स्योरेन्स गर्न आवश्यक छ ।

‘यात्रामा एक ठाउँको मान्छे अर्काे ठाउँमा पुग्ने भएकोले सो समयमा जोखिम आइपर्ने सम्भावना धेरै हुन्छ, त्यस्तो अवस्थाका लागि दुर्घटनामा परेमा एकथरी तथा बिमितको मृत्यु भएमा अर्कोथरी आर्थिक लाभ पाउँने व्यवस्था छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीले विकासन्यूजसँग भने ।

कसरी हुन्छ भुक्तानी ?

पर्यटक जोखिममा परेर स–साना रकम बुझाउनु परेमा आफैले पहिला पैसा तिर्छन् । अनि पछि बीमा कम्पनीहरुबाट दाबी भुक्तानी लिन्छन् ।

तर, बिमित पर्यटकलाई यात्रामा केही ठूलै अप्ठेरो परेमा बीमा कम्पनीहरुले तत्कालै समेत दाबी भुक्तानी उपलब्ध गराउदै आएका छन् ।

बीमाको अवधि

कसैले ट्राभल्स एण्ड टुरको बीमा गर्नु परेमा कम्तिमा एक हप्तासम्मको बीमा गर्नु पर्ने हुन्छ । यस्तै, लामो समयका लागि ट्राभल्स एण्ड टुरको बीमा गर्नु परेमा ६ महिना अवधिसम्मको लागि बीमा गर्न पाइने व्यवस्था छ ।

पर्यटनका लागि आवात जावत गर्नेहरु ट्राभल्स एण्ड टुर्स बीमाको बारेमा जानकार रहेको बीमा कम्पनीहरुले जनाएका छन् ।

मोटर बीमामा छुट

पर्यटकले लामो समय बाहिर निस्किदा मोटर बीमा शूल्कमा छुट पाउँछन् । मोटर नचलाइ घरमा मात्र राख्दा जोखिम कम हुन्छ । सोही कारण पर्यटक बिमितले बीमा शूल्कमा छुट पाउँछन् । तर, घरमा पनि मोटरमा आगलागी तथा केही जोखिम हुने भएकाले थर्ड पार्टी रिक्स भने कायम नै रहने बीमा कम्पनीले जनाएका छन् ।

यात्रा गर्ने क्रममा बिमित यात्रु घाइते भएमा वा उपचार गराउनु परेमा १ लाख अमेरिकी डलरसम्म तथा दुर्घटना परेर मृत्यु भएको अवस्थामा २५ हजार डलरसम्मको बीमा कम्पनीले क्षतिपूर्ति कम्पनीबाट पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.