सेयर लगानीका लागि सस्तोमा ऋण दिँदै नबिल बैंक, व्याजदर ७.७५ प्रतिशत मात्रै

  २०७७ असोज ११ गते १९:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले दोश्रो बजारमा सेयर लगानीका लागि सस्तोमा ऋण दिने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा लगानीकर्ताहरुलाई सेयर कर्जा  दिने भएको हाे ।

यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको सस्तो ब्याजदरमा सजिलै सेयर धितो कर्जा पाउने भएका छन् ।

यससँगै, लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकको जुनसुकै शाखाहरुबाट सेयर धितो कर्जा पाउन सक्ने बैंकले जानकारी गराएकाे छ ।

हाल बैंककाे ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

2 comments on "सेयर लगानीका लागि सस्तोमा ऋण दिँदै नबिल बैंक, व्याजदर ७.७५ प्रतिशत मात्रै"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.