सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड जारी गर्दै

  २०७७ असोज ११ गते १८:५५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा उक्त कार्ड जारी गर्न लागेको हो ।

यो योजना असोज १२ गतेदेखि असोज मसान्तसम्म आवेदन दिने सबै ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी(इएमआई) भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

सानिमा बंैकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

सम्बन्धित समाचारः 

सानिमा बैंकको क्रेडिट कार्ड अनलाईनबाटै आवेदन दिन मिल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.