मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

  २०७७ असोज ११ गते १६:१३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

साथै, मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजार भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा पनि हेर्न सकिनेछ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.