फेरि घट्याे सुनकाे मूल्य

  २०७७ असोज ११ गते ११:१४     विकासन्युज

काठमाडाैं । आइतबार सुनकाे मूल्य फेरी घटेकाे छ । शुक्रबार ८ सयले बढेकाे सुनकाे मूल्य आइतबार फेरी ६ सयले घटेकाे छ । शुक्रबार प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा पुगेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । शुक्रबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ६ सय रुपैयाँ कम अर्थात ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेर ११५० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन ११६० मा काराेबार भइरहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.