नेपाल फाइनान्सले एकैपटक सम्पन्न गर्यो ८ वर्षको साधारण सभा, पुँजी बढाउन हकप्रद जारी गर्ने

  २०७७ असोज १० गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले एकैपटक ८ वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आज(असोज १० गते) भाैतिक तथा अभाैतिक (भर्च्युअल) माध्यमबाट आफ्नो २०औं देखि २७औं वार्षिक साधारण सभा एकैपटक सम्पन्न गरेको हो ।

सभाले संंस्थाको अधिकृत पुँजी १ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी ८४ करोड २ लाख रुपैयाँबनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गका वित्तीय संस्थाको चुक्ता पुँजी ८० करोड पुर्याउन दिएको निर्देशन बमोजिम साभाले सो निर्णय गरेको हो ।

साथै, साधारण सभाले यसका लागि आजैका मितिदेखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । संस्थाले सो मात्राको चुक्ता पुँजी पुर्याउन १ बराबर १.७५ अनुपात (अर्थात १७५ प्रतिशत) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई पारित गरेको छ । सो मात्राको हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ८४ करोड २ लाख ६५ हजार रुपैयाँ नाघ्ने फाइनान्सले जानकारी गराएको छ ।

संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पुँजीको १ः१.२५ को दरले हकप्रद सेयर जारी गर्ने गरी प्रकृया थालिएको छ । र, उक्त सेयर धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ । जस अन्तर्गत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद सेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको संस्थाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.