प्रधानमन्त्रीकी निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण पुष्टि

  २०७७ असोज १० गते १५:५७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । विगत ४ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि पिसिआर परीक्षण गर्दा उनमा शुक्रबार (असोज ९ गते) कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएपछि अहिले उनी होम आइसोलेसन रहेकी छिन् । डा. शाह वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.