जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता र मेरो सेयर नविकरण गर्न आग्रह

  २०७७ असोज १० गते १३:४३     विकासन्युज


काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा मेरो सेयर अपडेट गराउन आग्रह गरेको हो ।

इन्स्योरेन्सले भोलि (असोज ११ गते)देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । त्यसैले, हालसम्म उक्त खाता नविकरण नगरेका ग्राहकहरुले अनलाइबाटै उक्त खाता अपडेट वा नविकरण गराउन सक्नेछन् ।

साथै, डिम्याट खातावालाहरुले आफुले बुझाउन बाँकी रहेको रकमको विवरण क्यापिटलको वेवसाइटको डिम्याट अकाउन्ट (बीओआईडी) रिन्यु स्ट्याटस्मा क्लिक गरी आफ्नो डिम्याट खाता इन्ट्री गरेर हेर्न मिल्ने व्यवस्था रहेको संस्थाले जानकारी गराएको छ ।

त्यस्तै, मेरो सेयरको पासवर्ड रिसेट गुर्नपर्ने भएमा कम्पनीको इमेल आईडी info@gicl.com.np मा सेयर निष्काशन बन्द हुनुभन्दा कम्तिमा एक दिन अघि नै रिक्वेष्ट पठाउन कम्पनीले आग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.