कर्पोरेट डेभलमेन्ट बैंकको साधारण सभा असोज २९ गते

  २०७७ असोज १० गते ११:४१     विकासन्युज


काठमाडौं । कर्पोरट डेभलपमेन्ट बैंकको १२औं वार्षिक साधारण सभा आगामी असोज २९ गते बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा हुने भएको छ ।

सभाले अरूसँग गाभ्ने तथा गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुने लगायतका सबै काम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि वर्तमान लेखापरीक्षक जे.एन. उपाध्याय एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टसका सीए जगन्नाथ उपाध्यायलाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको प्रस्तावलाई सभाले पारित गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.