नागरिक लगानी कोषको ‘पेन्सन योजना’ एनआईसी एशिया बैंकबाट मात्र

  २०७७ असोज ९ गते २२:१६     विकासन्युज

काठमाडौं । लगानी कोषको ‘नागरिक पेन्सन योजना’ को कारोबार एनआईसी एशिया बैंकबाट मात्र हुने भएको छ । कोषले एक्स्क्लुसिभ बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंकलाई नियुक्त गर्ने सम्बन्धि समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल शुक्रबार हस्तारक्षर गरेका छन् ।

देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको एक्स्क्लुसिभ बैंकिङ पार्टनर हुन साझेदारीले आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । नागरिक पेन्सन योजना सम्बन्धि काराेबार एनआईसी एशिया बैंकसँग मात्र गर्ने सर्तसहित समझदारी भएकाेले अरू बैंकबाट याे बाराेबार नहुने बैंक स्राेतले बतायाे ।

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

पेन्सन योजनामा सहभागी हुनेले एनआईसी एशिया बैंमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्नेछन् । बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.