साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढ्यो

  २०७७ असोज ९ गते १७:५३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा रेमिट्यान्समा २३ प्रतिशतको सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान वित्तीय अवस्था सार्वजनिक गर्दै विप्रेषणमा २३ प्रतिशतको सुधार आएको देखाएको हो ।

राष्ट्र बैंकको तथ्यांकले समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ७१ करोड पुगेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ ।

घिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२.२ प्रतिशतले घटी रु.७६ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.९ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले वृद्धि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.