एभरेष्ट बैंकका ग्राहकहरूले होटल एलोफ्टमा १५ प्रतिशत छुट पाउने

  २०७७ असोज ९ गते १७:१७     विकासन्युज

काठमाडाैं । एभरेष्ट बैंकले होटल एलोफ्ट ठमेलसँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । होटल एलोफ्ट,ठमेलमा भएकाे एक पाँच तारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ ।

यस सहकार्य अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फुड, बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक(अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटएिम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् ।

एभरेष्ट बैंकले सधैं ‘सर्भिस विथ स्माइल’ को भावना बोकी आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ ।

स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १२३ स्थानमा एटीएम रहेका छन् । आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.