एसबिआई बैंक सञ्चालक समिति सदस्य बालकृष्ण श्रेष्ठ सम्मानित

  २०७७ असोज ९ गते १७:१०     विकासन्युज

 

काठमाडाैं । नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित भएका छन् ।

श्रेष्ठलाई संविधान दिवस अवसरमा सरकारले उक्त पदवीबाट सम्मान गरेकाे बैंकले जनाएको छ । उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ ।

श्रेष्ठ सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्ष समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.