सनराइज बैंकको ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेकाे खजुरामा

  २०७७ असोज ९ गते १६:३२     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले बाँकेकाे सीतापुर खजुरा गाउँपालिका–२ मा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा साे शाखारहित उद्घाटन भएको थियो ।

सोही समारोहमा प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.