ज्योति लाईफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, २ अर्बको जीवन बीमा कोष बनाउन सफल

  २०७७ असोज ८ गते २०:४९     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी आज(असोज ८ गते)बाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी तेश्रो वर्ष सफलताका साथ पुरा गरि चौथो वर्षमा लागेको हो ।

कम्पनीले घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनीको रुपमा व्यवसाय शुरु गरेको थियो । कम्पनीले २०७६ बैशाख २५ गतेदेखि सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको सुविधा दिँदै आएको छ ।

११७ वटा शाखा सञ्जाल सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाण पत्र यस कम्पनीले बीमितहरुलाई बोनस वृद्धि सहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ ।

त्यस्तै, कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँ र २ अर्ब रुपैयाँको जीवन बीमा कोष बनाउन सफल हुँदै चौथो बर्षमा प्रवेश गरेको छ ।

यो अवसरमा कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्रीले सबै बीमित, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकाय सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर साथको अपेक्षा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.