सार्वजनिक गाडीले बढी भाडा लिएमा १०३ मा फोन गर्न आग्रह

  २०७७ असोज ८ गते २०:२३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै काठमाडौ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई आजदेखि तीव्र पारेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको, भाईरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको जस्ता स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाईबुझाई पनि गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा चेकप्वाईन्ट राखि सवारी साधनहरुले स्वास्थ्य मापडण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्रता पारेको जानकारी दिए ।

ढकालले यदि भाडाका सवारी साधनले स्वास्थ्य पोर्टोकल पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह गरे ।

महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाईजेसनको व्यवस्था गर्ने, नियमित सरसफाई गर्न, यात्रुहरूको सुविधाको लागि प्रर्याप्त सवारी साधनहरू चलाउन, सवारीमा यात्रुहरू कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्नलगायत स्वास्थ्य मापडण्ड पालना गराउन सहमति गराईसकेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.