नेशनल माइक्रोफाइनान्सद्धारा मृतकको परिवारलाई आर्थिक सहयोग

  २०७७ असोज ८ गते १९:०६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले मृतक सदस्य भविसरा थापा क्षेत्रीको छोरा विमल थापा क्षेत्रीलाई काजक्रिया अन्तर्गत ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

संस्थाले निजकै घरमा पुगेर समुहका सदस्य तथा संस्थाका प्रतिनिधिको उपस्थितिमा असोज ८ गते समुह अध्यक्ष माया कुमारी पुनको हातबाट हस्तान्तरण गरिएको हो ।

सदस्य भविसरा थापा क्षेत्रीको गत भदौ १५ गते बिरामी परि मृत्यु भएसँगै निजको नाममा संस्थामा रहेको ५३ हजार रुपैयाँ मिनाहा तथा सामाजिक सुरक्षा कोष अन्तर्गत सदस्यको मृत्युमा काजक्रिया अन्र्तगत सो मात्राको सहयोग गरेको हो । मृतक थापा क्षेत्री संस्थाको शाखा कार्यालय सुडा कञ्चनपुर अन्तर्गत सेवाकेन्द्र दोधारा चांदनीद्धारा कञ्चनपुर जिल्ला महाकाली नगरपालिका पालिका वडा न. ७ मा गठित प्रगतीटोल बावाथान महिला समुहमा आवद्ध रहेका थिए ।

नेशनल माइक्रोफाइनान्सले विगतमा सामाजिक सुरक्षा कोष हाल ग्राहक संरक्षण कोष अन्तर्गत सस्थामा आवद्ध ऋणी सदस्यहरुलाई संस्थाले काजक्रिया खर्च, श्रीमानकाे मृत्युमा काजक्रिया खर्च, सुत्केरी आमाहरुलाई पोषण खर्च तथा ऋणी सदस्यको घरमा हुने प्राकृतिक घटनामा समेत सहयोग तथा सुविधा दिँदै आएको छ ।

हाल देखापरेको विश्वव्यापी महामारी कोभिड १९ मा विपन्न तथा दैनिक ज्यालादारी गरी दैनिक एक छाक टार्ने संस्थामा आवद्ध सदस्यहरुलाई २०७७ असार महिनामा ५० घरधुरीमा अति विपन्न सदस्यहरुलाई छनौट गरी राहत सहयोग गरीएको र बेला बेलामा समेत राहत वितरण गरी आफ्नो विपन्न सदस्यहरुलाई सहयोग गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.