सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

  २०७७ असोज ८ गते १८:४१     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकलाई व्याज रकममा १२ प्रतिशत छुट दिने भएको छ । कोभिड १९ को असरको मूल्यांकन गर्दै बैंकले आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको हो ।

बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने कम्पनीले जनाएको छ ।

यसरी ग्राहकलाई व्याज रकममा छुट गरिँदा २०७७ असार मसान्तसम्मको यस डेभलपमेन्ट बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिईने बैंकले जानकारी गराएको छ ।

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागु नहुने समेत बैंकले जनाएको छ ।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणी ग्राहकलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.