‘मेरो सेयर’ सेवा आज ६ बजेदेखि बन्द हुने

  २०७७ असोज ८ गते १७:११     विकासन्युज


काठमाडौं । ‘मेरो सेयर’ सफ्टवेयरको सेवा आज(असाेज ८ गते) साँझ ६ बजेदेखि बन्द हुने भएको छ । उक्त सेवा आज ६ बजेदेखि राती ९ बजेसम्म बन्द हुने सीडीएस एण्ड क्लियरिङ्ले जानकारी गराएको हो ।

सीडीएससीका अनुसार सफ्टवेयरमा मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकाले उक्त सेवा करिब ३ घण्टाको लागि अवरुद्ध हुन लागेको हो । संस्थाले एक सूचना जारी गरी उक्त सेवा अवरुद्ध हुन लागेको लगानीकर्ता तथा सेवाग्राहीमा जानकारी गराएकाे हाे ।

साथै, यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति सीडीएससीले क्षमा मागेको छ ।

One comment on "‘मेरो सेयर’ सेवा आज ६ बजेदेखि बन्द हुने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.