नेपालभर १४९७ जना काेराेना संक्रमित थपिए, १७ जनाकाे मृत्‍यु

  २०७७ असोज ८ गते १६:२४     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ५ सय ४ जना रहेका छन् भने आजसम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ४५७ जना निकाे भएसँगैं हालसम्म ५० हजार ४ सय ११ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४५३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.