स्तरोन्नती गर्न नसकेका लघुवित्तहरु बन्द हुने, एक प्रदेशमा मात्र कारोबार गर्न पाइने

  २०७७ असोज ८ गते १५:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । आज बिहीबार एकिकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले राष्ट्रिय स्तरमा स्तरोन्नती हुन नसकेको लघुवित्तहरु बन्द गर्नु पर्ने निर्देशिका ल्याएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ,‘एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेको संस्थाले २०७८ असार मसान्तभित्र कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरीसक्नु पर्नेछ ।’

आप्mनो कारोबार एक प्रदेशमा मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु पने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रादेशिकस्तरको संस्थाले आप्mनो कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेको शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरणको प्रक्रिया पूरा नगरेसम्म आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्लामा नयाँ शाखा विस्तार गर्न नपाउने निर्देशिकामा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.