राष्ट्र बैंकमा जागिर खुल्याे, तलब र सेवा सुविधा आकर्षक

  २०७७ असोज ८ गते १३:५६     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियर र सवारी चालकका लागि आवेदन माग गरेकाे छ । बै‌ंकले बिशीबार एक सूचना जारी गर्दै करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकका लागि अावेदन माग गरेकाे हाे ।

सूचना मार्फत करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी दिएको छ । सिभिल इन्जिनियरका लागि राष्ट्र बैंकले सिधै अन्तरवार्ताबाट नियुक्त गर्नेछ भने चालकका लागि भने प्रयोगात्मक र अन्तरवार्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

सिभिल इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र त्यसमा अन्य सेवा सुविधा साथै चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाचा खर्चका अतिरिक्त अन्य सेवा सुविधासमेत उपलक्ध हुने सूचना मार्फत बताइएकाे छ ।

इच्छुक व्यक्तिले राष्ट्र बैंकबाट दरखास्त आवेदन फारम लिएर दरखास्त दिन सक्नेछन् । सिभिल इन्जिनियरका लागि बीई उत्तीर्ण भई दुई वर्षको अनुभव भएको हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.