क्यासवे मनी ट्रान्स्फर पनि नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

  २०७७ असोज ७ गते १८:४५     विकासन्युज


काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रा.लि. नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । ट्रान्स्फरले नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा उक्त क्लियरिङ्ग हाउसमा आबद्ध भएको हो ।

यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत रियल टाइममा र अन्य रेमिटेन्स भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस मार्फत तोकिएको समय सीमामा मध्य गर्न सक्नेछन् । हाल क्यासवे मनी ट्रान्स्फरले रेमिटेन्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । यसमा हाल ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ४१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतकायी सदस्यहरुले आफ्नो बैंक खातामार्फत् एनपीआईको सेवा प्रयोग गर्ने गरेका छन् ।

क्यासवे मनी ट्रान्स्फर नेपाल भरी भरपर्दो रेमिटेन्स नेटवर्क मार्फत् रेमिटेन्स सुविधा दिँदै आएको मनी ट्रान्स्फर कम्पनी हो । नेपालका बैंकिङ्ग तथा रेमिटेन्स क्षेत्रका विज्ञहरुद्वारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमा रहेका नेपालीहरुलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.