चन्द्रागिरिकाे फेस्टिभ अफर: केबलकारमा ५० प्रतिशत र रिसोटमा जोडिलाई विशेष प्याकेज

  २०७७ असोज ७ गते १७:३७     विकासन्युज

चन्द्रागिरि । चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा छ हजार पाँच सय रुपैयाँमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ ।

यो अफर आजै(असाेज ७ गते)देखि लागू भइ १५ मङ्सिर २०७७ तद्अनुसार ३० नोबेम्बर २०२० सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.